जीतपुरसिमरामा होमस्टे सञ्चालन गर्ने जनहितको तयारी

ए वान डेस्क
९ चैत्र २०७५, शनिबार १८:५३

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको जनहित उपभोक्ता समितिले होमस्टे सञ्चालन गर्ने तयारी गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले स्वेदेशी तथा विदेशी पर्यटकलाई लक्ष्ति गरि समितिले होमस्टे सञ्चालन गर्ने तयारी गरेको हो ।

विशेष गरी पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने ग्रामिण क्षेत्रमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढिरहेका बेला समितिले जीतपुरसिमरा उप–महानगरपालिकाभित्र पहिलो पटक होमस्टे सञ्चालन गर्ने तयारी गरिरहेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले होमस्टे सञ्चालनका बिषयमा प्रारम्भिक छलफल भईरहेकोभन्दै होमस्टे सञ्चालनको लागी आवश्यक बिधान तयार भएको बताउनुभयो ।

‘होमस्टे सञ्चालनको विधान तयार भईसकेको छ, थप यस बिषयमा प्रारम्भिक छलफल भईरहेको छ’ उहाले भन्नुभयो । होमस्टे सञ्चालनको लागी रामबन र पथलैया क्ष्ँेत्र उपयुक्त हुनेभन्दै उहाले दुई स्थानका बिषयमा छलफल भईरहेको बताउनुभयो ।

होमस्टे सञ्चालनले स्थानीय स्रोत साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसंगै अर्गानिक खानाले स्थानीयको आर्थिक सुधार हुने छ । होमस्टे सञ्चालन गर्दा स्थानीय कला, संस्कृति र जीवन पद्धतिको समेत संरक्षण हुने श्रेष्ठले बताउनुभयो । हाल पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत १ दर्जनभन्दा बढि होमस्टे सञ्चालन भईरहेको छ ।

निकुञ्ज अन्र्तगतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिभित्र १३ वटा बन समिति रहेका छन् । १३ वटा बन समितिभित्र ४६ वटा बन समुह रहेको छ । त्यसबाहेक पनि मध्यवर्ती क्षेत्रभित्र ६० वटा धार्मिक बन र २ वटा निजि बन रहेको छ । स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउन होमस्टे सञ्चालन गरिन्छ ।

पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने पर्यटन नीति २०६५ अनुसार होमस्टेको माध्यमबाट पर्यटनको विकास, प्रर्बद्धन, व्यवस्थापन र नियमन गर्नको निम्ति सरकारले होमस्टे कार्यविधि जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*