वीरगन्जको एकीकृत भन्सार जाँच चौकीमा आगलागी

ए वान डेस्क
१० चैत्र २०७५, आईतवार १५:५२

वीरगन्जको सिरसियामा रहेको भारततर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा आगलागी भएको छ। सिरसियामा रहेको भारततर्फको आईसीपीमा आइतबार दिउँसो आगलागी भएको हो।

दिउँसो पौने १२ बजेबाट लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। नेपाल र भारतका गरी १० वटा वारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन्।

एक सय १० विघा क्षेत्रफलमा फैलिएको आईसीपी कम्पाउन्डको घाँसे मैदानबाट आगो सल्किएको अनुमान गरिएको छ।

आगलागी सुरु भएपछि भन्सार नाकाबाट आयात र निर्यात ठप्प भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिस महतोले जानकारी दिए। आगलागीको थप विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*