सिमराको मालपोत कार्यालयमा नेताको दादागिरि, केन्द्रिय सदस्य हु भन्दै कार्यालयको फाईल बोकेपछि ….
ए वान डेस्क /
पटक पटक बिभिन्न कारणले बिबादमा तानिदै आएको बाराको सिमरामा रहेको मालपोत कार्यालयमा आज दिउसो एउटा अच्चमको घटना भयो । दिउसो कार्यालयको समयमा कसैको पनि अनुमति नलिई एक जना व्यक्ति कार्यालयभित्र प्रवेश गरे । कार्यालय बाहिर थुपै सेवाग्राही आफ्नो काम गरिरेहेका थिए ।
बिभिन्न फाटमा कार्यरत्त कर्मचारीपनि आ–आफ्नो काममा व्यस्त थिए । त्यतिकैमा ए वान समाचारको टिम कार्यालयको गतिविधि बुझ्न मालपोत कार्यालय सिमरा पुग्यो । मालपोत कार्यालय सिमराको एउटा फाटमा एक जना ढाकाको टोपि र कोट पाईन्ट लगाएका व्यक्ति कार्यालयको फाईल बोक्दै बाहिर निस्किदै थिए ।
झट्ट हेर्दा उनी कर्मचारी जस्तो देखिन्न थिए । त्यसपछि हामीले उनलाई सोध्यौ ‘सर तपाई कर्मचारी हो ?’ उनले भने ‘म प्रतिनिधि हु, जनताको काम गर्देछु’ । फेरी हामीले सोध्यौ ‘के को प्रतिनिधि ?’ उनले भने ‘जनताको प्रतिनिधि’ । जनताको प्रतिनिधि भनेर कार्यालय भित्र आएर यसरी काम गर्न पाईन्छ ? भनि हामीले सोध्यौ । उनले भने ‘जनताको गुनासो आएपछि म यहा आएको हो, म पार्टीको केन्द्रिय सदस्य हु’ ।
बिना अनुमति कार्यालय प्रवेश गरेका उनले आफु नेपाल जनता पार्टीको केन्द्रिय सदस्य हो भन्दै दादागिरि देखाए । उनले बताए अनुसार उनी नेपाल जनता पार्टीका केन्द्रिय सदस्य हुन् । कलैया निवासी उनको नाम प्रलाद प्रसाद साह हो । पटक पटक त्यहाका कर्मचारीले उनलाई बाहिर निस्कन आग्रह गरेपनि हामीसंग झन जंगिए । हामीले बारम्बार तपाईलाई भित्र छिर्ने अधिकार कसले दियो भन्दा उनी अनेकथरी कुरागर्दे पन्छिन खोजे ।
सोही क्रममा उनले मालपोत कार्यालयमा भुमाफियाले काम गरिरहेको समेत आरोप लगाए । त्यतिकैमा कार्यालयका निमित्त कार्यालय प्रमुख श्याम कार्की त्यहा आईपुगे ।
कार्यालयबाट बाहिर निस्किनै लागेका कार्कीलाई हामीले अनुमति बिनै कार्यालय प्रवेश गर्न कसले दियो भन्ने प्रश्न राख्दा उनले पनि मलाई थाहा भएन भन्दै पन्छिए ।
हेर्नुहोस् भिडियो
https://youtu.be/UkmmAEqwvew















