त्रिशूली नदीमा बस खस्दा तीनजना घाइते

ए वान डेस्क
१२ चैत्र २०७५, मंगलवार १२:१३

मिनीबस त्रिशूली नदीमा खस्दा तीनजना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीर भन्ने ठाउँबाट राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् भने तनहुँको दमौलीका निशान सुनारको चितवनमा उपचार भइरहेको छ । बसमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*