आज कति छ सुनचाँदीको भाउ ?
१२ चैत्र २०७५, मंगलवार १२:३०
नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउमा रु १०० ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार २०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















