इलाम र पाँचथर जाँदै पूर्वराजा

ए वान डेस्क
१३ चैत्र २०७५, बुधबार १५:३१

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई साढे एक महिना यताको आफ्नो मुकाम बनाएका पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता पूर्वी पहाडका दुई जिल्ला पुग्ने भएका छन्।

साढे एक महिना यता झापामा रहेका पूर्वराजा शाह निजी भ्रमणको सिलसिलामा आगामी १७–१८ चैत्रमा ईलाम र पाँचथर जिल्लाको भ्रमण जान लागेका हुन्।

झापामै रहेर उनले यसअघि पूर्वी तराईका उदयपुर, सप्तरी, धनुषा र सर्लाहीको भ्रमण गरिसकेका छन्। पूर्वी तराईका यी जिल्लाको भ्रमणपछि उनले पूर्वी पहाड जाने योजना बनाएका हुन्।

पूर्वी पहाडका यी दुई जिल्लामध्ये पाँचथरको सीमाना भारतीय राज्य सिक्किमसँग जोडिएको छ भने इलामको सीमाना चाहिँँ भारतमा ‘पहाडकी रानी’ भनिने दार्जिलिङसँग जोडिएको छ।

नेपालमा चाहिँ इलामलाई पहाडकी रानी भनेर चिन्ने गरिएको छ। जसरी दार्जिलिङले भारतका आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ, इलामपनि आन्तरिक पर्यटनका दृष्टिले प्रख्यात छ।

यसअघि पूर्वराजाले सिक्किम र दार्जिलिङ भ्रमणको योजना बनाएका थिए। २३–२६ फागुनमा तराईका उपरोक्त जिल्लाको भ्रमणपछि उनी सिक्किम दार्जिलिङ जाने कार्यक्रम थियो।

तर, आमा रत्न शाहको स्वास्थ्यमा समस्या आइ अस्पताल भर्ना भएपछि उनी पूर्वी तराईको भ्रमण रद्द गरेर काठमाडौँ फर्के, सँगै उनको सिक्किम–दार्जिलिङ जाने कार्यक्रमपनि रद्द भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*