पक्राउ परेका डिभिजन बन प्रमुखसहित तिन जनालाई हेटौडा लगियो
ए वान डेस्क /
अख्तियार दुरुपायोग अनुसन्धान आयोगले डिभिजन बन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुरसहित तिन जनालाई पक्राउ गरेको छ । हेटौडाबाट प्रहरी नायव उपरीक्षक केशव भट्टराईको नेतृत्वमा सिमरा आएको टोलीले सेवाग्राहीसंग घुस लिदै गर्दा ठाकुरसहित तिन जनालाई रंगेहात पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा डिभिजन बन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुरसहित सहायक बन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी रहेका छन् । कार्यालय सहयोगीमार्फत सेवाग्राहीबाट डिभिजन बन प्रमुख ठाकुरले ९० हजार र केशरीले २५ हजार रकम लिएको अख्तियार स्रोतको भनाई छ ।
पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडा लगिएको छ ।















