पाच घण्टादेखि तनाबग्रस्त बनेको जीतपुर बल्ल शान्त भयो !
ए वान डेस्क /
लगातार पाच घण्टादेखि तनाबग्रस्त बनेको बाराको जीतपुर शान्त भएको छ । छलफलको माद्यमबाट समस्याको समाधान खोज्ने सहमतिपछि जीतपुर शान्त भएको हो ।
एसईई परिक्षा स्थगित गरेको बिरोधमा जीतपुरका बिद्यार्थीहरुले बिहान ८ बजेदेखि प्रदर्शन गरेका थिए । सरकारविरुद्ध कडा रुपमा सडकमा प्रस्तुत भएका बिद्यार्थीहरुले टायर बालेर घण्टौसम्म सडक अवरुद्ध पारेका थिए ।
टायरनै बालेर सडक अवरुद्ध गरिरहेका बिद्यार्थीमाथि प्रहरीले लाठिचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले लाठिचार्ज गरेपछि आक्रोशित बिद्यार्थीहरुले सशस्त्र प्रहरीको गाडी र ईलाका प्रहरी कार्यालय जीतपुरको मोटरसाईकल जलाईदिए ।
त्यसपछि प्रहरी र बिद्यार्थीबिच दोहोर झडप पर्यो । झडपमा परी २ जना प्रहरी घाईते भए । केहि बिद्यार्थीपनि घाईते भएका छन् । अहिले जीतपुरमा प्रशासनका व्यक्ति, स्थानीय जनप्रतिनिधि र समाजसेवीबिच छलफल गर्ने तयारी भईरहेको बुझिएको छ ।















