बारा र पर्सामा डरलाग्दो हावाहुरी : २५ जनाको ज्यान गयो, उद्धार कार्यमा जुट्न प्रधानमन्त्रीको निर्देशन
ए वान डेस्क /
बारा र पर्सामा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनुभएको छ । ट्वीटमार्फत उहाले उद्धार कार्यमा जुट्न समेत निर्देशन दिनुभएको छ ।

बारा र पर्सा जिल्लाको केही स्थानमा डरलाग्दो हावाहुरीबाट धनजनको अकल्पनीय क्षति भएको उहाले बताउनुभयो । उहाको ट्वीटमा लेखिएको छ ‘यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु, उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्, उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्दे्शित गरिएकोछ’ ।















