आगलागीबाट अढाइ लाखको क्षति

ए वान डेस्क
१८ चैत्र २०७५, सोमबार ११:४५

ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस सिलिण्डरको रेगुलेटरबाट ग्याँस लिकेज भएर आगलागी हुँदा लत्ताकपडा, भाडाकँुडा, नगद रु १० हजारलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको आधा घण्टापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*