घुससहित नायब सुब्बालाई पक्राउ

ए वान डेस्क
१८ चैत्र २०७५, सोमबार १६:१७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ ।

आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*