घरायसी विवादमा छोराद्वारा बावुको हत्या

ए वान डेस्क
१८ चैत्र २०७५, सोमबार १६:३४

ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बावुको ज्यान गएको छ।

कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि भान्साभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए।

घटनापछि गजेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख डीएसपी संञ्जयसिंह थापाले बताए।मृतकको शव सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको थापाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*