हावाहुरी प्रभावितका लागि नेकपाका सांसदले एक दिनकाे पारिश्रमिक दिने

ए वान डेस्क
१८ चैत्र २०७५, सोमबार १६:४४

बिनाशकारी हुरी प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसदले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदको एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिनुभयो ।

जो जहाँ रहेर पनि विपत्मा परेकाहरुको सहयोगका लागि सक्रिय रहन समेत उहाँले आह्वान गर्नुभएको छ ।

यस अघि नेकपाका सांसद योगेश भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरेर हुरी प्रभावित परिवारको राहत र पुनस्र्थापनाका लागि नेकपाका संघीय सांसदको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्ताव गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*