विवाहअघि आमा बन्दै एमी

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १२:१९

बलिउड अभिनेत्री एमी ज्याक्सन ब्वाइफ्रेन्ड जर्ज पानयिटुसँग लामो समयदेखि रिलेसनसिपमा छिन् । उनीहरू छिट्टै विवाहबन्धनमा बाँधिदै छन् । तर, विवाहभन्दा पहिले नै एमीले आफू गर्भवती भएको खुलासा गरेकी छन् ।

एमीले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्नो ब्वाइफ्रेन्डसँग फोटो सेयर गरेकी छन् । यसमा एमी गर्भवती भएको प्रस्ट देखिन्छ । साथै एमीले फोटोमा क्याप्सन पनि लेखेकी छन्, ‘म पहिले नै यो कुरा सार्वजनिक गर्न चाहन्थेँ ।

आज मदर्स डे हो र योभन्दा राम्रो अवसर अरू हुन सक्दैन । म तिमीलाई दुनियाँमा सबैभन्दा धेरै प्रेम गर्छु । यो प्रेम बिल्कुल साँचो हो । म तिमी आउने दिनको प्रतीक्षा गर्न सक्दिनँ मेरी सानी लिब्रा ।’

यूकेमा ३१ मार्चमा मदर्स डे मनाइन्छ । यही अवसरमा एमीले तस्बिर पोस्ट गरेकी हुन् । एमी र जर्जको रोमान्टिक केमेस्ट्री धेरैपटक सोसल मिडियामा देखिएको थियो । एमीका ब्वाइफ्रेन्ड जर्ज एक मिलियनायर बिजनेसम्यान हुन् । उनी रियल स्टेट किङ एन्ड्रस पानयिटुका छोरा हुन् । जर्ज र एमीको भेट सन् २०१५ मा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*