फेटामा अनेरास्ववियुले बनाइदियो अस्थायी टहरा
आइतबार साँझको आँधी–हुरीबाट प्रभावित बनेका बाराका पीडितका लागि सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले अस्थायी टहरा बनाइदिएका छन् ।
बिनासकारी भूमरीले क्षति पुर्याएको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुकी सचिव आरती लामाले बताइन् ।
आइतबारको बिनासकारी आँधीले फेटा गाउँपालिकामा मात्रै २० को ज्यान गएको थियो । आँधीपीडित ठाउँमा अहिले गाँस र बासको समस्या रहेको लामाको भनाइ छ ।
आँधीले भत्काएका भग्नावशेष पन्छाउन नसक्दा पीडितहरूलाई बासको अभाव रहेको उनको भनाइ छ । साथै उक्त अभियानमा उपराष्ट्रपति पुत्र दिपेश पुनसहितका विद्यार्थी नेता हिजोबाट उद्दार र राहतका काममा खटिएका छन् ।















