बारामा अख्तियारको ‘स्टिङ अप्रेसन’ : ५ जना पक्राउ, १९७ उजुरी
ए वान डेस्क /
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडामा चालु आर्थीक बर्षको हालसम्म बाराबाट १९७ वटा उजुरी परेका छन् । जसमध्ये फागुन मसान्तसम्म ६८ वटा उजुरीको फच्र्यौट भईसकेको कार्यालयले जनाएको छ ।
ए वान समाचारसंग कुरागर्दे कार्यालयका सुचना अधिकारी देव कुमार राईले भन्नुभयो ‘बाराबाट मात्रै १९७ वटा उजुरी परेको छ, त्यसमा ६८ वटा फच्यौट भईसक्यो’ । राईका अनुसार संघिय मामिल तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको ७७ वटा, शिक्षा र बिज्ञान र प्रविधि मन्त्रालय अन्र्तगतको ५६ वटा र बन तथा वातावरण सम्बन्धी १९ वटा मुद्धा कार्यालयमा दर्ता भएको छ ।
कार्यालयले चालु आर्थीक बर्षको फागुन मसान्तसम्म स्टिङ अप्रेसन गरी ५ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीको सुचनाका आधारमा आयोगको क्षेत्रिय कार्यालयबाट खटिएको टोलिले फागुन मसान्तसम्म ५ जनालाई पक्राउ गरेको सुचना अधिकारी राईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय बारा प्रहरीमा कार्यरत्त एक जना प्रहरी हवल्दार ईलाका प्रशसन कार्यालय सिमराका सहायक कम्युटर अधिकृत र जिल्ला वन कार्यालय बाराका प्रमुख बन अधिकृतसहित ३ जना कर्मचारी रहेका छन् ।















