उदयमान नायक बस्नेतले क्यानसर पिडितसंग मनाए जन्मदिन

ए वान डेस्क
२० चैत्र २०७५, बुधबार १८:५९

ए वान डेस्क /

पछिल्लो समय हाम्रो समाजमा जन्मदिनको नाममा फजुल खर्च गर्ने परम्परा बढ्दै गएको छ । जन्मदिनको नाममा साथिभाई तथा ईष्टमित्रसंग रमाईलो गर्नेभन्दै हामी फजुल गर्छ गरिरहेका हुन्छौ ।

तर पछिल्लो समय चलचित्र क्षेत्रमा उदयमान नायकको रुपमा स्थापित हुन सफल राजिव जङ्ग बस्नेतले आज आफ्नो जन्मदिन फरक शैलीमा मनाउनुभएको छ । बहुप्रतिक्षित चलचित्र बद्रिबहादुरका नायक समेत रहनुभएका बस्नेतले आज एक जना क्यानसर पिडित बालकलाई वेल्सन भारतिलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाउनुभएको हो ।

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक समेत रहनुभएका बस्नेत काठमाडौं महानगरपालिका वडा नं ३५ को खेलकुद परिषदको अध्यक्ष र र्बगर हाउसको संस्थापक साथै गाम्सा तेक्वान्दो डोजांङ्ग एकेडेमी क्लबको अध्यक्ष समेत हुनुहुन्छ । सामाजिक कार्यमा लामो समयदेखि सक्रिय बस्नेतले काभ्रे निवासी ७ बर्षिय बालक वेल्सन भारतिलाई आज खाद्यान्न सामाग्रीसहित आर्थीक सहयोग गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी नारायण गौतम लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*