बारा प्रशासन : ‘वंशजको आधारमा नागरिक्ता दिनुहोस्’

ए वान डेस्क
२१ चैत्र २०७५, बिहीबार १८:३१

ए वान डेस्क /

जिल्ला प्रशासन कार्यालय बाराले वंशजको आधारमा नागरिक्ता दिन जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले वंशजको आधारमा नागरीकता दिने निर्णय गरेपछि प्रशासनले सबै स्थानीय तहलाई पत्राचार गरेको हो ।

जिल्लाका १६ वटै स्थानीय तहलाई पत्राचार गर्दे प्रशासन कार्यालयले प्रक्रिया पुरा गरेर मात्रै नागरिक्ता दिन भनेको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीद्धारा जारी पत्रमा भनिएको छ ‘नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमवली २०६३, नागरिकता प्रमाणपत्र वितरण कार्यविधि २०६३ बमोजिम वंशको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनु पर्ने कार्यविधि प्रक्रिया अपनाई जे जे बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने २०७५ चैत १९ गतेको मन्त्रीस्तरिय निर्णय भएकाले निर्णयानुसार गर्नुहुन अनुरोध गरिन्छ’ ।

यस्तो छ प्रशासनको पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*