सिमरामा सञ्चारकर्मी पोखरेल सम्मानीत
ए वान डेस्क /
बिगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दे आउनुभएकी सञ्चारकर्मी सारदा पोखरललाई आज बाराको सिमरामा सम्मान गरिएको छ । आफ्नो १२औ साधारणसभाको अवसरमा सिमरामा रहेको जनहित उपभोक्ता समितिले आज सञ्चारकर्मी पोखरेललाई सम्मान गरेको हो ।
आफ्नो संचार माद्यममार्फत वन संरक्षण तथा पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएकोभन्दै संस्थाले आज सञ्चारकर्मी पोखरेललाई सम्मान गरेको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का पर्यटन मन्त्रालयका राज्य मन्त्री सुरेश मण्डलले सञ्चारकर्मी पोखरेललाई नगरसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सञ्चारकर्मी पोखरेल सिमराबाट सञ्चालन हुदै आएको पल खबर डटकमकी सम्पादक हुनुहुन्छ ।















