सुन चाँदीको मूल्य बृद्धि
साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ७ सय रुपैयाँ, तेजावी सुन ५१ ह्जार ४ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।















