सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

ए वान डेस्क
२६ चैत्र २०७५, मंगलवार १५:१०

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नु भएको हो ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभर सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिनुभयो ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सेवामा सहज पहुँच पुर्‍याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*