आठौँ राष्ट्रिय खेलकुद : ओलम्पिक टर्चलाई ७ प्रदेशमा घुमाइने, १४ नेपाली ओलम्पियन सहभागि हुने

ए वान डेस्क
२६ चैत्र २०७५, मंगलवार १६:०४

प्रदेश पाँचमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदको अवसरमा ओलम्पिक टर्च (दिप प्रज्वलन) लाई नेपालको सात वटै प्रदेशमा घुमाइने भएको छ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपीएले व्यवस्थापन गर्ने यस कार्यक्रममा नेपालका १४ ओलम्पियन खेलाडी सहभागि हुनेछन्।

ओलम्पियन टर्च परिक्रमा कार्यक्रम यही चैत २८ गतेदेखि २०७६ साल बैशाख ६ गतेसम्म सञ्चालन हुने एनएनआइपीएले जनाएको छ।

आठौँ राष्ट्रिय खेलकुदका केही खेलहरु भोली देखि नै सुरु हुने भएपनि औपचारिक उद्घाटन बैशाख ५ गते नेपालगन्ज रंगशालामा हुँदैछ।

प्रदेश १ बाट सुरु हुने ओलम्पिक टर्च र्‍याली सबै स्थान घुमेर नेपालगन्ज रंगशालमा पुर्‍याइनेछ। त्यहाँ दिप प्रज्वलन गरेपछि ओलाम्पिक टर्चको कार्यक्रम सकिनेछ।

प्रदेश ५ मा हुन लागेको आठौँ राष्ट्रियमा त्यहाँकै ओलम्पियनलाई टर्च बाल्न दिने उदेश्यले त्यसका लागि ओलम्पियन सुरेन्द्र हमाललाई सिफारिस गरेको एनएनआइपीएका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

चैत २९ गते विराटनगरमा अर्का ओलम्पियन जित बहादुर केसीले दिप प्रज्वलनको सुरुवात गर्नेछन्।

एनएनआइपीएका पूर्व अध्यक्ष तषा मानार्थ अध्यक्ष दिपक विष्टले ओलम्पिक अघि पनि विभिन्न देशमा टर्च घुमाइने गरेको र त्यसैगरी नेपालमा पनि राष्ट्रिय खेलकुद हुँदा टर्च र्‍याली गर्ने थरिएको बताए।

ओलम्पिक टर्च परिक्रमा तालिका:

चैत २८ गते काठमाडौं बाट विराटनगर

चैत २९ गते प्रदेश नं १ विराटनगरमा विहान ८ बजे कार्यक्रम

चैत २९ गते प्रदेश नं २ धनुषामा दिउसो १:३० बजे कार्यक्रम

चैत ३० गते प्रदेश नं ३ हेटौंडा मा विहान ८ बजे कार्यक्रम

चैत ३० गते प्रदेश नं ३ चितवन बाटोमा (बजारमा दौडने)

चैत ३० गते बेलुकी पोखरा पुग्ने

वैशाख १ गते प्रदेश न ४ पोखरामा विहान ८ बजे कार्यक्रम

वैशाख १ गते लुम्बिनी पुगने

वैशाख २ गते विहान लुम्बिनीमा दिपप्र ज्वल गर्ने

वैशाख २ गते प्रदेश नं ५ बदनाम ११ वजे कार्यक्रम

वैशाख २ गते बेलुकी मम्म कोहलपुर अथवा सुर्खेत पुगेर बस्ने भोलि पल्ट

वैशाख ३ गते विहान ९ बजे सुर्खेतमा प्रदेश ६ को कार्यक्रम

वैशाख ३ गत धनगढ़ी आईने

वैशाख ४ गते प्रदेश नं ७ धनगढी कैलालीमा ८ वजे कार्यक्रम

वैशाख ४ गते नेपालगंज आईपुग्ने

वैशाख ५ गते नगरपरिक्रमासहित नेपालगंज रंगशालामा दप प्रज्वल गाने

वैशाख ६ गते विहान नेपालगज बाट काठमाण्डौ आउने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*