पेट्रोलियम पाईपलाईनको ८० प्रतिशत काम सकियो, अमलेखगञ्जसम्म यसरी आउछ तेल (भिडियोसहित)

ए वान डेस्क
२७ चैत्र २०७५, बुधबार १३:१२

ए वान डेस्क /

रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको ८० प्रतिशत काम सम्पन्न भईसकेको आयोजनाले जनाएको छ । आयोजना प्र्रमुख प्रदिप यादवका अनुसार पेट्रोलियम पाईपलाईनको काम अहिले तिब्र गतिमा भईरहेको छ । पाईपलाईन बिस्तारको काम लगभग सकिएकोभन्दै उहाले डिपो स्टेशनको काम धमाधम भईरहेको बताउनुभयो ।

पेट्रोलियम पाईपलाईन बिस्तारको काम कहा पुग्यो त ?

७ किलोमिटर बाकी

मोतिहारिदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर पाईप बिच्छाउनुपर्छ । जसमध्य भारत क्षेत्रमा ३२.८० र नेपालमा ३६.२० किलोमिटर पाईप बिच्छाउनुपर्ने हुन्छ । आयोजनाका अनुसार बोर्डरदेखि मोतिहारिसम्म पाईप बिच्छाईसकिएको छ । नेपालमा भने ३६.२० किलोमिटर मध्य पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने ७ किलोमिटर क्षेत्रमा पाईप राख्न बाकी छ । निकुञ्जभित्र पर्ने ९ किलोमिटर मध्य २ किलोमिटर काम सम्पन्न भईसकेको आयोजना प्रमुख यादवले बताउनुभयो । ‘निकुञ्ज क्ष्ँेत्रभित्र पर्ने ७ किलोमिटर क्षेत्रमा मात्र पाईप राख्न बाकी छ, दैनिक २ देखि ३ सय मिटर रुख कटान भईरहेको छ’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ।

डिपोमा के छ तयारी ?

डिपोमा पनि अहिले धमाधम काम भईरहेको छ । यादवका अनुसार डिपोमा मोटर अपरेटर भल्ब बनाउने काम भईरहेको छ । ‘तेल आईसकेपछि सबैभन्दा पहिले सिधै टंयाकीमा तेल जम्मा हुन्छ, त्यसपछि भरिएर आफै बन्द हुन्छ’ उहाले भन्नुभयो ।

८० प्रतिशत काम सकियो

आयोजना प्रमुख यादवका अनुसार आयोजनाको काम ८० प्रतिशत सम्पन्न भईसकेको छ । ‘डिपो स्टेशनको काम भईरहेको छ, पाईपलाईन बिस्तारको काम लगभग सकियो’ उहाले भन्नुभयो । यादवका अनुसार अबको एक महिनाभित्र आयोजनाको सबै काम सम्पन्न हुनेछ ।

२ महिनापछि तेल आउछ

अबको एक महिनाभित्र सम्पुर्ण काम सकिने आयोजनाले जनाएको छ । काम सम्पन्न भईसकेपछि सबैभन्दा पहिले परिक्षण गरिन्छ । ‘मोतिहारिबाट पहिला पानी पठाईन्छ, अनि यता लिक छ की छैन भनेर परिक्षण गरिन्छ’ यादवले भन्नुभयो । मोतिहारिबाट सम्पुर्ण परिक्षण भईसकेपछि मात्र पेट्रोलियम पदार्थ अमलेखगञ्ज आईपुग्ने भन्दै उहाले त्यसको लागी झन्डै २ महिना लाग्ने बताउनुभयो ।

शुरुमा डिजल

यादवका अनुसार परिक्षण पश्चात सबैभन्दा पहिले मोतिहारिबाट डिजल आउनेछ । ‘पहिला डिजल आउछ, त्यसपछि मात्र पेट्रोल पठाउनुपर्छ अनि मट्टितेल’ उहाले भन्नुभयो ।

१ घण्टा आईपुग्छ तेल

मोतिहारिबाट अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ल्याउन सबैभन्दा पहिले पाईप भर्नुपर्ने हुन्छ । पाईप पुरै भरिन ३ घण्टा समय लाग्छ । ‘सबैभन्दा पहिले त्यसलाई प्रेसर मेन्टेन गर्नुपर्ने हुन्छ, शुरुमा २–३ घण्टा लाग्छ, त्यसपछि १ घण्टामा यहा तेल आईपुग्छ’ उहाले भन्नुभयो ।

हेर्नुहोस् भिडियो

https://youtu.be/n07sqt7Umng

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*