हुरीपीडितलाई जीतपुरसिमरा उपमहानगरको पाँच लाख
हुरी प्रभावित बस्तीका पीडितलाई पुर्नस्थापनाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले पाँच लाख नगद उपलब्ध गराउने निर्णय गरेको छ । उपमहानगरको नगर कार्यपालिकाको बैठकले हुरीका कारण घरविहिन बन्न पुगेका नागरिकको घर पुर्ननिर्माणका आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
उपमहानगरका मेयर डा. कृष्ण पौडेलले प्राकृतिक विपत्तीका कारण बाराको विभिन्न क्षेत्रमा परेको क्षतिबाट बिस्थापित परिवारका लागि राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । łजिल्लाको विभिन्न बस्तीमा यतिबेला ठुलो पीडा परेको छ, नागरिकहरु घरविहिन बन्न पुगेका छन्’ मेयर डा. पौडेलले भने łउनिहरुको बसोबासका लागि उपमहानगरले सहयोग गर्ने निर्णय गरेको हो । यसबाट पुर्ननिर्माणमा केही मद्यत पुग्नेमा आशावादी छौ ।’
मेयर डा. पौडेलले मंगलवार पनि हुरीबाट उपमहानगरको वडा नं. २ स्थित विभिन्न स्थानमा क्षति भएको भन्दै प्राकृतिक बिपत्तीबाट जोगित सतर्कता अपनाउन समेत आग्रह गरिएको बताए । प्राकृतिक बिपत्तीलाई रोक्न नसकिने भन्दै मेयर डा. पौडेलले यसबाट हुने जनधनको क्षति कम गर्न सबै सचेत हुनुपर्ने बताए । मेयर डा. पौडेलले उपमहानगरभित्र हुरीबाट क्षति भएका पीडितलाई राहत उपलब्ध गराउने बिषयमा पनि उपमहानगरमा छलफल गरिने जानकारी दिए ।
यसैगरी हुरी प्रभावित बस्तीका लागि जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले हुरीपीडित परिवारलाई राहत उलपब्ध गराउनका लागि सबै कर्मचारीले एक दिनको तलब सहयोग गर्ने निर्णय भएको बताए ।
सेढाईका अनुसार कर्मचारीबाट करिब एक लाख रकम संकलन हुनेछ । उपमहानगरको पाँच लाख र कर्मचारीबाट संकलन हुने रकम जिल्ला प्रशासन कार्यलयको बिपद ब्यवस्थापन सहायता कोषमा रकम जम्मा गरिने सेढाईले जानकारी दिए ।
यसैगरी उपमहानगरकी नगर उमपप्रमुख सरस्वती चौधरीले जनप्रतिनिधिको तर्फबाट पनि राहत उपलब्ध गराउने बिषयमा छलफल भईरहेको जानकारी दिईन् ।















