निजगढ गोल्डकप : बिरगंज युनाईटेड फाईनलमा
बिरगंज युनाईटेड फुटबल क्लव निजगढमा जारि नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नव जनजागृति युवा क्लवलाई २–० गोल अन्तरले पाराजित गर्दै बिरगंज प्रतियोगिताको फाईनलमा प्रवेश गरेकोहो ।
नव जनजागृति माथि खेल अवधिभरी दबाब राखेको बिरगंजका बिबेक चौधरीले ३१ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको बिरगंजले दोश्रो हाफमा अग्रता दोब्बर बनायो । ५६ औ मिनेटमा सागर चौधरीले गोल गर्दै बिरगंजको अग्रता दोब्बर बनाएकाथिए ।
खेलको म्यान अफ द म्याच बिरगंजका सन्दिप चौधरी घोषित भए । म्यान अफ द म्याच घोषित चौधरीले ट्रफी सहित २५ सय रुपैंया प्राप्त गरे । प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा बिहिबार सर्लाही ११ र आयोजक निजगढ युवा क्लव बीच खेल हुनेछ ।
चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा,पर्सा,मकवानपुर,चितवन,रौतहट र महोत्तरीका बिभिन्न ८ वटा टिमको सहभागिता रहेकोछ । प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृति युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दि युवा समाज चितवन,सर्लाही ११,बेंखडी युवा क्लव महोत्तरी र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हाजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले नगद १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २५ सय रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।















