सिंगापुरलाई नेपालले दियो २ सय ८३ रनको विशाल लक्ष्य
आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए ।
नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल ४६ ओभरमा अलआउट भएको थियो । ४६ औं ओभरमा नेपालले तीन विकेट गुमाएको थियो ।
कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके पनि नेपाललाई बलियो स्कोरमा पुर्याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे उनी पाँच रनले शतक बनाउन चुके ।















