गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेकाे च्यारीटी क्रिकेट प्रतियाेगिता भाेलि

१५ प्रतिशत रकम हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई सहयाेग गर्ने
ए वान डेस्क
२९ चैत्र २०७५, शुक्रबार १६:०८

चितवनको भरतपुरमा निर्माण हुन लागेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेकाे च्यारीटी क्रिकेट प्रतियाेगिता मातृभूमि कपकाे तयारी पूरा भएकाे आयोजकले जनाएका छन् ।

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टाेलीले प्रतिस्पर्धा गर्नेछन् । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेकाे क्रिकेट मैदानकाे सहयाेगका लागि हुन लागेकाे प्रतियाेगिता बिहान १० बजेबाट हुनेछ । गएको शनिबार नै हुने भनिएकाे याे खेल वर्षाका कारण याे शनिबार सारिएकाे हाे ।

धुर्मुस सुन्तलीले पत्रकार सम्मेलन गर्दै भाेलि हुने खेलका लागि सबै तयारी पूरा भएकाे र याे रंगशालाले सबैलाइ जाेड्ने प्रयास गरेकाे र यसकाे निर्माणमा सबैले साथ दिन पनि आग्रह गरेका छन् । यसका साथै कप्तान पारस खड्काले उहाँहरूले जुन साेचका साथ काम अगाडी बढाएका छन्, त्यसमा हामीले पनि साथ दिने र सबैले साथ दिनुपर्ने बताए । याे काम समयमै पूरा हाेस भन्ने हाम्राे पनि चाहना रहेकाे बताए ।

साथै भाेलि उठ्ने कुल रकमकाे १५ प्रतिशत बारामा हावाहुरीबाट ज्यान गुमाएकाे परिवारलाइ सहयाेग गर्ने बताएका छन् ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको मनाेरञ्जनात्मक खेल हुनेछ ।

जसका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, सलिनमान बनिया,दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुरलगायत कलाकारहरु तयार छन् ।

टिम ए मा मदनकृष्णसहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बी मा हरिवंशसहित सलिनमान बानिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, वीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सुनील धमला, र भुवन कार्की छन् ।

नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, विक्रम सोब र प्रदीप ऐरी छन् ।

खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ । यसका साथै भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत बाराका हुरी पिडितहरुलाई दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*