२०७५ मा बारामा भए दुई ‘हाईप्रोफाईल घटना’ ! (भिडियोसहित)

ए वान डेस्क
१ बैशाख २०७६, आईतवार १२:०२

प्रदिप गौतम /

वि सं. २०७५ लाई फर्केर हर्दा बारामा दुई ठुला घटना भए । जुन घटना देशभरिनै चर्चित बन्यो । बारामा भएको हाईप्रोफाईल घटनाले दशभरिनै चर्चाको बिषय बन्नु सामान्य भने हैन् । सामान्य बाहेक यस वर्षका दुई मुख्य घटनालाई संक्षिप्त रुपमा चर्चा गर्देछौ ।

घटना नं १– सिडिओ र एसपिको मृत्यु 

बारामा बिभिन्न समयमा सामान्य घटना त हुदै आएका छन् । दुर्घटना बाहेक पनि बिभिन्न समयमा हुने घटना थुप्रै छन् । त्यसबाहेक माघ १२ गते बारामा भएको हाईप्रोफाईल घटनाले देशनै शोकमा डुब्यो । निजगढबाट सिमरा आउदै गरेको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्राई चढेको गाडी पसाहा पुल नजिकै दुर्घटनामा पर्यो ।

दुर्घटनामा परी बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मुत्यु भयो । दुर्घटनामा परी घाईते भएका प्रमुख जिल्ला अधिकारी भट्राईलाई थप उपचारका लागी काठमाण्डौ लगियो । तर उपचारकै क्रममा काठमाण्डौमा उहाको पनि केहि दिनपछि मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको मृत्यु हुने गरी भएको दुर्घटना पनि हाईप्रोफाईल घटना बन्यो ।

सो घटना चालकका कारण भएको हुन सक्नेभन्दै बारा प्रहरीले सवारी चालकलाई अनुसन्धानको लागी नियन्त्रणमा लियो । प्रहरी नियमन्त्रण रहेका सवारी चालक अहिले विररगञ्ज कारागारमा छन् ।

घटना नं २– हावाहुरीले २७ को मृत्यु

केहिदिन अघि बारामा भिषण हावाहुरी आयो । जिल्लाको फेटा गाउपालिकालाई केन्द्रबिन्दु बनाएर आएको हावाहुरीमा परी २७ जनाको मृत्यु भयो । प्रशासनको तथ्यांक हेर्न हो भने हावाहुरीमा परी ४०० भन्दा बढि घाईते भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराको तथ्याकं हेर्दा १३ सय ६२ घर पुर्ण रुपमा क्षति भएको छ ।

चैत्र १७ गते आएको हावाहुरीका कारण पनि देश शोकमा डुबेको थियो । हावाहुरीका कारण २३ करोड ४४ लाख ७६ हजार ८ सय ३५ रुपयाँ बराबरको भौतिक क्षति भएको प्रशासनले जनाएको छ ।

https://youtu.be/v18eRL6yiVY

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*