बझाङमा भुकम्पको धक्का

ए वान डेस्क
२ बैशाख २०७६, सोमबार ११:०९

बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।

गोरखा केन्द्रविन्दु भएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पपछि लामो समयसम्म पराकम्पको महसुस भएको थियो । केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प नयाँ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*