१ किलो सुन सहित रुपन्देहीकाे सीमामा एक नेपाली पक्राउ

ए वान डेस्क
२ बैशाख २०७६, सोमबार १६:११

रुपन्देहीस्थित नेपाल-भारतको सीमानाका सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका -९का ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेको सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडले जनाएको छ।

स्कुटीमा सुन लिएर भारतमा प्रवेश गरेपश्चात अग्रवाललाई अवैध सुन सहित पक्राउ गरिएको भारतीय सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिए।

बरामद एक किलो बिस्कुट आकारमा छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको एसएसबीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*