कुटपिटबाट सुनसरीमा ७५ बर्षे बृद्धको मृत्यु

ए वान डेस्क
२ बैशाख २०७६, सोमबार १६:१७

सुनसरीमा कुटपिटबाट ७५ बर्षका बृद्धको मृत्यु भएको छ। भोक्राहा नर्सिङ गाँऊपालिका–३स्थित सर्बैया टोलमा आइतबार राती कुटपिट हुँदा जागेश्वर मण्डलको मृत्यु भएको हो।

पुरानो रिसिविका कारण स्थानिय २९ वर्षे शंकर मण्डल र २५ वर्षे बुदु मण्डलको कुटपिटबाट जागेश्वरको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन्।

एसपी अधिकारीका अनुसार कुटपिटबाट जागेश्वरको घटनास्थलमै मृत्यु भएको हो। हत्यामा संलग्न दुबै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिएको समेत एसपी अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*