लम्की बसपार्कमा शंकास्पद वस्तु फेला

ए वान डेस्क
५ बैशाख २०७६, बिहीबार ११:१८

कैलालीको लम्की चुहा नगरपालिका वडा न १ स्थित लम्की बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ।

बसपार्कमा रहेको कर्णाली यातायातको टिकट बुकिङ काउन्टरभित्र शंकास्पद वस्तु फेला परेको हो। रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरीको टोली घटना स्थलमा पुगेको छ। शंस्कापद वस्तु निष्कृय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*