कुवेतले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

ए वान डेस्क
५ बैशाख २०७६, बिहीबार १२:१३

यू–१९ विश्वकप छनोट अन्तर्गतको पाँचौँ खेलमा कुवेतले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो ।

कुवेतका लागि नोमन बुद्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ रन जोड्दा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिए भने कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २/२ विकेट लिए ।

अघिल्ला ४ खेल मध्ये ३ खेलमा नेपालले जित हात पारेको छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । यस्तै चौँथो खेलमा ओमानलाई १ सय ५० रनले पाखा लगाउँदै जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्धको जितले मात्र पुग्दैन । कुवेत विरुद्ध जित हात पारेपनि नेपालले अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

नेपालको विश्वकप यात्रा शीर्ष स्थानको युएई र ओमानबीचको खेलले तय गर्ने छ । उक्त खेलमा ओमानले जित निकालेमा नेपाल विश्वकपमा छनोट हुनेछ । युएई विजयी भएमा नेपालको विश्वकप खेल्न पाउने छैन ।

दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*