बुटवलको बम नेपाली सेनाद्वारा डिस्पोज

ए वान डेस्क
५ बैशाख २०७६, बिहीबार १६:१९

बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको संकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

परालमाथी रुखको छाहारीमा राखिएको उक्त संकास्पद बस्तु बम भेटिएपछि नेपाली सेना बुटवलको टोलीले बमलाई डिस्पोज गरेको हो ।

मुख्य सडक तथा माथी हाईटेन्सन लाईन भएको हुँदा सडकको छेउम्मा राखेर डिस्पोज गरीएको हो ।

ट्राफिकचोकमा बम भएको खबर पाएपछि हजारौँ स्थानीयहरु सडकमै पुगेर बम डिस्पोज गरेको हेरीरहेका देखिन्थे । उनीहरुलाई संयम राख्दै कुनै घटना हुन नदिनको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको थियो ।

यस्तो छ प्रभाव

बन्दको कारण विहानैदेखि सार्वजनिक यातायात का साधन सञ्चालनमा आउन सकेका छैन भने बजार ठप्प बनेको छ ।

सबैजसो स्कुल, कलेज बन्द छन् भने सडकमा फाट्टफुट्ट रुपमा मात्रा निजी सवारी साधनहरु चलेको देख्न सकिन्छ ।

सडकमा बन्द आहनकर्ता नदेखिएपनि प्रहरी सतर्कता भने बढाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*