यसकारण वृद्धभत्ता हटाउने तयारीमा लाग्यो ओली सरकार

ए वान डेस्क
६ बैशाख २०७६, शुक्रबार ०७:३३

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । यो समाचार आजको नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन् ।

वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

सरकारको प्रवक्तसमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बुबाआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैँ राख्न सकिदैँन, राखिदैँन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*