मलाइकासँग सम्बन्धबिच्छेदको २ बर्षपछि अरबाजले पोखे पिडा

मलाइका अरोडा र अरबाज खानको सम्बन्धबिच्छेद भएको २ बर्ष पुग्न लागेको छ । मलाइका र अरबाज विवाहको १८ बर्षपछि छुटिएका हुन् । दुवैबिच सम्बन्धमा दरार आएको थियो । सम्बन्धबिच्छेदपछि मलाइका र अरबाजले खुलेर यस बिषयमा कुरा गरेका छन् । हालै अरबाज खानले यस बारे कुरा गर्दै दुवै बीच सबै ठिक थियो, तर अचानक सम्बन्ध टुटेको बताएका छन् ।
अरबाज खानले अनुपमा चोपडाको शोमा यस्तो बताएका हुन् । शोमा उनले आफ्नो परिवार, काम र अपनो एक्स वाइफ मलाइका अरोडाको बारेमा कुरा गरे। मलाइकासँग सम्बन्धबिच्छेदमा अरबाजले भने – ‘सबै कुरा ठिक लागि रहेको थियो तर सम्बन्ध टुट्यो । यदि केहि पनि गल्ती छैन भने, त्यो अझ राम्रो दुवैले अफ्नो जीवन आफै चलाउनु र यो निर्णय लिनुपर्छ ।’
उनलाई मलाइकालाई विवाह गर्न सिफारिश गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘निर्विवाद म गर्छु । विवाह परापुर्वक काल देखि चलिआएको परम्परा हो । मानिस मर्नुभन्दा पहिले राम्रोसँग जीवित रहने प्रयास गर्छन् । तर समय अनुसार फेरिनु पनि सहि नै हो । अहिले मात्र हैन , विगतमा पनि यस्ता कयौ घटना भएका छन् ।’
यसअघि मलाइका अरोडाले करीना कपूर खानको शोमा भनेकी थिइन् ,’ यो विवाहमा म र अरबाज दुवै खुशी थिएनौ । यसको असर परिवारका अन्य सदस्यहरुमा परिरहेको थियो । सम्बन्धबिच्छेदपछि समय फेरिएको छ । अहिले समाजको सामना गर्नुपरेको छ । यी सबै कुराहरुबाट महिलालाई उपेक्षा गरेर पुरुष सजिलै निस्कन्छन् । म पुरुषहरु प्रति कुनै पनि आरोप लगाउदै छैन तर यो सत्य हो ।’
मलाइका अरोडा पिछल्लो समय अर्जुन कपुरसंगको सम्बन्धलाई लिएर चर्चामा छिन् । बलिउडका यो जोडी १९ अप्रिलमा विवाह गर्ने समाचार फेलिएको थियो । तर विवाहको बिषयलाई अर्जुनका बुवा बोनी कपूरले अफवाह बताएका थिए ।
साथै अरबाज खान आफ्नो प्रेमिका जर्जिया एन्ड्रियानीसँग डेटमा रहेका छन् ।