पाचौँ एनिभर्सरीकै दिन आर्यन दम्पतीलाई पुत्र लाभ

नेपाली फिल्मका अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । ठीक पाँच वर्षअघि २०७१ वैशाख ६ गते बिहे गरेका आर्यन र सपना भण्डारीलोई पाचौँ एनिभर्सरीकै दिन पुत्रलाभ भएको छ ।
सपनाले चिरायु नेसनल अस्पतालमा २.९ केजी तौलको छोरा जन्माएकी हुन् । चिरायु अस्पतालकी डाक्टर विनिता बस्नेतको टिमले अप्रेसनमार्फत उनको डेलिभरी गराएको हो ।
पाँच वर्षअघिसम्म नेपाली चलचित्रमा एकलजस्तै राज गरेका सिग्देलको पछिल्लो फिल्म ‘कायरा’ हो । उनी अहिले सामतेन भुटिया निर्देशित ‘चचहुइको सुटिङ गरिरहेका छन् ।
एक महिनाअघि आर्यन र सपनाले ‘बेबी सोअर गरेर सामाजिक सञ्जालमा राखेको फोटो भाइरल भएको थियो । आर्यन र सपनाको जोडीलाई अहिले सामाजिक सञ्जालमार्फत शुभचिन्तकले बधाई दिइरहेका छन् ।