जीतपुरसिमरामा शनिवार पनि खुल्यो वडा कार्यालय
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा सार्वजनीक बिदाको दिनमा पनि वडा कार्यालय खुल्ला गरिएको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढेपछि वडा नम्बर ७ को कार्यालयले शनिवारपनि वडा कार्यालय खुल्ला गर्ने निर्णय गरेको हो ।
फलस्वरुप आज जीतपुरमा रहेको वडा नम्बर ७ को कार्यालय सेवाग्राहीका लागी खुल्ला गरिएको थियो । सार्वजनीक बिदाको दिन आज शनिवार झन्डै ५० जनाले सेवा लिएको वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘आज लगभग ५० जना सेवाग्राहीले वडा कार्यालयबाट सेवा लिनुभयो, धेरै जसो सेवाग्राहीले नागरिक्ता सम्बन्धी काम गराउनुभएको छ’ उहाले भन्नुभयो ।















