तारा एयरको विमान रामेछापमा धावनमार्गबाट चिप्लियो
९ बैशाख २०७६, सोमबार ११:०४
तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको विमान ल्यान्डिङ गियर फेल भएर धावनमार्गबाट चिप्लिएको हो ।
क्षतिको अन्य विवरण आउन बाँकी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् ।















