सुनचाँदीको भाउ बढ्यो

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १२:१४

सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*