युवालाई च्याउ खेती र छोरी बुहारीलाई कम्प्युटर तालिम

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १४:५२

दैलेख । भैरबी गाउँपालिकाका युवालाई तरकारी र च्याउ खेतीतर्फ आर्कषित गराईएको छ । गाउँपालिकाका विभिन्न वडाका ८० जना युवाहरुलाई तालिम दिईएको छ ।

एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संञ्चालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाको आयोजनामा युवाहरुका लागि दुई दिने तालिम प्रदान गरिएको हो । दुई दिने तालिममा सहभागी रमेश भण्डारीले तालिम सकिएपछि व्यवसायी बन्ने लक्ष्य रहेकोे बताए ।

भैरबी गाउँपालिकाका ७ वटै वडाका युवा क्लबका पदाधिकारीहरुका लागि सञ्चालन गरिएको तालिम आईतवार सकिएको छ । पालिकाका ८० जना युवाहरु सहभागि तालिम दुई स्थानमा सञ्चालन गरिएको परियोजनाका कृषि प्राविधिक कमल शाहीले बताए ।

भैरवी गाउँपालिकाको वडा नं. १, २, ३ र ५ का युवाका लागि डाडीमाडी बजार तथा वडा नं. ४, ६ र ७ का लागि सिलंगी बजारमा तालिम सञ्चालन गरिएको थियो । ‘तालिममा युवालाई सैद्धान्तिक र प्रयोगात्मक सिप प्रदान गरिएको छ’, परियोजनाका दुर्गा गिरीले भने, ‘गाउँमै सिक्ने, गाउँमै रोजगारी सृजना गर्ने उद्धेष्यले तालिम आयोजना गरिएको हो ।’

यसैगरी दुल्लु नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्रका ७८ जना एकल महिला र एकल महिलाका बुहारीका लागि तीन महिने आधारभुत कम्प्युटर तालिम दिईएको छ । नगर भित्रका १३ वटै वडाका ६/६ जना गरि ७८ जना एकल महिला र एकल महिलाका छोरी–बुहारीको सहभागिता रहेको पर्यटन सुचना केन्द्र दुल्लुका प्रमुख निरकबहादुर शाहीले बताए ।

उनीहरुले कम्प्युटर सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक सिप सिकिरहेका छन् । दुल्लु नगरपालिका उपप्रमुख बिष्णु थापाले आजको विश्व सूचान प्रविधिको युग भएकोले समयको माग अनुसार महिलाको लागि यस्ता खालका तालिमहरु आवाश्यक भएको बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*