कुटपिट गरी श्रीमतीको हत्या गर्ने डाक्टरलाई अदालतले पठायो थुनामा
पर्सा जिल्ला अदालतले श्रीमतीहत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचिता नन्द यादवलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। यादवलाई सोमबार साँझ वीरगन्ज कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ। यादवको कुटाइबाट सिकिस्त भएकी श्रमती सुनिता उपचारको क्रममा गत चैत्र १५ गते काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
माइति पक्षले दाइजो नदिएकोमा सुनितालाई , श्रीमान सहित सासु ससुराले गत चैत्र ६ गते राति कुटपिट गरी गम्भीर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए।















