अमलेखगञ्ज फुटबल : आज विरगञ्ज र चपुर भिड्ने

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार १२:१९

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा जारी प्रदिप बल स्मृती कप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटर फाईनल खेल हुदैछ । आयोजकका अनुसार आजको अन्तिम क्वाटर फाईनल खेल दिउसो ३ बजेपछि शुरु हुनेछ ।

अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा हुने खेलमा आज नेपाल फुटबल क्लब चपुर र बीरगञ्ज युथ एकेडेमीबिच प्रतिस्पर्धा हुने आयोजक श्री शिद्धबाबा युवा क्लबले जनाएको छ । यसअघि हिजो सम्पन्न खेलमा आयोजक श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्ज विजयी भएको थियो ।

सिमराको नव जनजागृती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दे आयोजक क्लब विजयी भएको हो । यसअघि अस्ति भएको खेलमा आर्मिको जंगल वारफेर टिमलाई २–० गोल अन्तरले पराजित गर्दे मकवानपुर ११ विजयी भएको थियो । स्वर्गिय प्रदिप बलको स्मृतीमा सञ्चालित क्षेत्रिय कप फुटबल प्रतियोगिता बैशाख १४ गतेसम्म चल्नेछ । प्र

तियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*