चट्याङ लागेर आगलागी, १८ लाखको क्षति

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार १६:४७

तेह्रथुमको म्याङलुङ नगरपालिका–२ बिजुली अफिस टोलमा चट्याङ लागेर स्थानीय पदम बहादुर भुजेलको घरमा आगलागी भएको छ।

आगलागीमा साढे १८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार दिउँसो २ बजे चट्याङ खसेर भुजेलको घरमा आगो लागेको थियो।

आगलागीमा घर, लत्ताकपडा, भाँडावर्तन, ५ तोला सुनको गहना, १० तोला चाँदीको गहना, फर्निचर, ल्यापटप, क्यामेरासहित१८ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*