अमलेखगञ्ज फुटबल : विरगञ्जलाई पराजित गर्दे चपुर विजयी

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार २१:०१

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा जारी प्रदिप बल स्मृती कप फुटबल प्रतियोगितामा आज नेपाल फुटबल क्लब चपुर विजयी भएको छ । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा भएको खेलमा बीरगञ्ज युथ एकेडेमीलाई ४–२ गोल अन्तरले पराजित गर्दे चपुर विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धेकेलिएको थियो । खेलको म्यान अफ दि म्याच चपुरका गोल रक्षक सुरज राई घोषित भए । राईलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सुभसागर रुम्बाले खादा ओढाएर नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत भोलि सर्लाही जिल्ला फुटबल संघ लालबन्दि र आयोजक श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जबिच प्रतिस्पर्धा हुने आयोजक श्री शिद्धबाबा युवा क्लबले जनाएको छ । स्वर्गिय प्रदिप बलको स्मृतीमा आयोजित क्षेत्रिय कप फुटबल प्रतियोगिता बैशाख १४ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*