क्रिकेट रङ्गशाला बनाउन दुबईमा ‘धुर्मुस सुन्तली साँझ’

ए वान डेस्क
१२ बैशाख २०७६, बिहीबार १६:४१

धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग सङ्कलन गर्न दुबईमा धुर्मुस सुन्तली साँझ हुने भएको छ ।

चितवन समाजको संयोजन तथा यूएईमा रहेका बिभिन्न ३८ वटा नेपाली संघसंस्थाहरुको आयोजनामा भोलि शुक्रबार कार्यक्रम हुने भएको हो । ग्राण्ड एक्सेलसिएर होटल दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित पुष्पन प्रधान, मेलिना राईलगायतका चर्चित कलाकारको उपस्थिती रहने आयोजकले जनाएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईमा रहेका नेपालीलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*