अमलेखगञ्ज फुटबल : उपाधीका लागी चपुर र सर्लाही भिड्ने
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा जारी प्रदिप बल स्मृती कप फुटबल प्रतियोगिताको उपाधीका लागी चपुर र सर्लाही भिड्ने भएका छन् । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा शनिवार हुने फाईनल खेलमा उपाधीका लागि चपुर र सर्लाही भिड्ने भएका हुन् ।
आज भएको अन्तिम सेमिफाईनल खेलमा मकवानपुर ११ लाई १–० गोल अन्तरले पराजित गर्दे नेपाल फुटबल संघ चपुर फाईनल प्रवेश गरेको हो । यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा आयोजक श्री शिद्धबाबा युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दे सर्लाही फाईनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्र्तगत आज भएको खेलमा चपुरका गोल रक्षक म्यान अफ दि म्याच घोषित भए । उपाधी भिडन्तका लागी शनिवार हुने फाईनल खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने छ ।















