९ लाख नेपाली बेरोजगार, १०० पुरूष रोजगार हुँदा महिला ५९ मात्र

ए वान डेस्क
१३ बैशाख २०७६, शुक्रबार १७:०३

काम गर्नसक्ने नौ लाख आठ हजार नेपाली बेरोजगार रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले गरेको श्रमशक्ति सर्वेक्षणले काम गर्नसक्ने र कामको खोजीमा रहेका मध्ये ११.४ प्रतिशत बेरोजगार रहेको देखाएको हो।

विभागका अनुसार १५ वर्षमाथिको जनसंख्या दुई करोड सात लाख ४४ हजार रहेको छ। त्यसमा ७० लाख ८६ हजारले रोजगारी पाएका छन्।

३० दिनदेखि कामको खोजिमा रहेका तत्काल काम गर्नसक्ने १५ वर्ष माथिकालाई बेरोजगार मानिएको छ।

निर्वाहमुखी पेसामा रहेकालाई बेरोजगार मानिएको छैन।

रोजगारीमा महिला सहभागिता झनै न्यून छ। १०० पुरूष रोजगार हुँदा ५९ जना महिलाले मात्र रोजगारी पाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*