कृति सेननदेखि भागे सुशान्त

ए वान डेस्क
१५ बैशाख २०७६, आईतवार ११:५२

यति बेला बलिउडदेखि लिएर हलिउडसम्म ‘एभेन्जर्स इन्डगेम’को चर्चा छ। यो चलचित्रलाई बलिउड स्टारहरूले पनि प्रशंसा गरेका छन्। यसैबीच बलिउड सेलेब्सका लागि यो चलचित्रको स्पेसल स्क्रिनिङ राखिएको थियो।

एभेन्जर्स हेर्न अक्षय कुमारदेखि टाइगर स्राफ पुगेका थिए। कृति सेनन र सुशान्त राजपूतसमेत उक्त स्क्रिनिङमा पुगेका थिए। तर सुशान्त चलचित्र बीचमै छोडेर बाहिरिए।

कृति स्क्रिनिङमा आएको खबर थाहा पाएपछि सुशान्त बाहिरिएका हुन्। लामो समयदेखि अफेयर चलेका यी दुईको ब्रेकअप भइसकेको छ। सुशान्तले सैफ अलि खानकी छोरीसँग अफेयर चलाएपछि यी दुई छुट्टिएका हुन्। चलचित्र राब्तामा यी दुईले सँगै काम गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*