जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु

ए वान डेस्क
१५ बैशाख २०७६, आईतवार १२:०७

जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।

साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*